पोखरा । न्यु एरा माध्यमिक बिद्यालय अर्घौ २६ मा वार्षिक खेलकुद सप्ताह सम्पन्न भएको छ ।

खेलकुद सप्ताहामा ह्याण्डबल, टेबल टेनिस, सट्पुट, फूटबल, एथलेटिक्सका विविध विधा, भलिबल साथै ब्याडमिन्टन लगायतका विद्यामा प्रतिप्रधा हुने बिद्यालयका संस्थापक प्राचार्य बेद प्रसाद वस्ताकोटीले जानकारी दिए ।
कक्षा नर्सरीबाट कक्षा १२ सम्मका विद्यार्थीहरु प्रतियोगितामा भाग लिएका छन् ।
खेलकुद प्रमुख विनोद नेगी विद्यार्थीको पढाइ मात्र नभइ क्षमता विकासको लागी प्रतियोगिताको महत्वपुर्ण भुमिका रहेको बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवान गरेर २ सय बिद्यार्थी खेलाडी मेडल सहित पुरस्कृत भएका छन् । मंसिर ९ गते सुरु भएको प्रतियोगितामा ३ सय विद्यार्थी सहभागी भएका थिए ।
उक्त प्रतियोगिताको समान सत्रमा सर्गम कुमालको नेतृत्वको क्योकुशिन कान करातेका खेलाडीहरुको डेमोन्स्ट्रेसन गरेका थिए । २०५२ सालमा स्थापना भएको विद्यालयमा ३ सय विद्यार्थी छन् ।
संस्थापक प्राचार्य बेद प्रसाद वस्ताकोटीको अध्यक्ष्तामा भएको समापन सत्रमा, खेलकुद संयोजक बिनोद नेगी, विद्यार्थी लगायतले भनाइ राखेका थिए । शिक्षक अमृत देवकोटाले कार्याक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-