पोखरा २ मंसिर । इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) ले आफ्नो ७२ औं वार्षिकोत्सव पोखरामा एक कार्यक्रम गरि मनाएको छ ।

स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको संस्थाले पोखरा १५ हरियोखर्क अस्पतालमा आइतबार ७२ औं वार्षिकोत्सव मनाएको हो । आइएनएफ इन्टरनेसनलका अध्यक्ष फिल लिन्डजेले नेपालमा हरेक वर्ष आइएनएफको वार्षिकोत्सव मनाउन आएको र आगामी वर्षहरुमा समेत आउने सुनाउँदै आइएनएफले वार्षिक योजना नभए गुरु योजनाहरु मात्रै अघि सारिरहेको बताए ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोद विन्दु शर्माले आइएनएफको योगदानबारे जति चर्चा गरेपनि साध्य नहुने बताउँदै गण्डकीमा नेपालमै दुर्लभ मानिएको प्यालेटिभ केयरलाई अघि बढाउनु अर्को नवितम कार्य भएको बताए ।
कार्यक्रममा आईएनएफका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले संस्थाको इतिहासको बारेमा जानकारी गराएका थिए । अस्तै मेडिकल सर्भिसेज डाइरेक्टर डा. अरुण कुमार बुढाले अस्पताल तथा स्वास्थ्य सेवाको बारेमा जानकारी गराएका थिए ।
मधु कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सेवेदी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, पोखरा महानगरपालिका वडा १५ का वडाअध्यक्ष तोरण बानियाँ, वडा नम्बर १ का वडाअध्यक्ष शाहारा प्रधान, संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र तिमाथी, सेवाग्राहीको अनुभव पुष्कर विक, भीमबहादुर सार्कीले बोलेका थिए भने कोषाध्यक्ष धन लामाले स्वागत मन्तव्य राखेकी थिइन् । सोही क्रममा खेलकुद पुरस्कार र अवकाश प्राप्त कर्मचारीलाई कदरसमेत गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-