२०८३ असार २०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

गण्डकी प्रेस
कार्तिक १९, २०८१ १८:०१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
12
SHARES
Share on FacebookShare on Twitter

प्रहरी प्रधान कार्यालयकाे अनुसार विभिन्न जिल्लामा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । हेर्नुस् जिल्ला अनुसारको दुर्घटना ।
बर्दिया, मधुवन नगरपालिका-३ खातास्थित सडकमा भे.१२ प २१९० नम्बरको मोटरसाइकल र सु.प्र.प.०१-००९ प २१०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा भे.१२ प २१९० नम्बरको मोटरसाइकल चालक गेरूवा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प्र.प.०१-००९ प २१०४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको वेस्टर्न अस्पताल नेपालगंजमा उपचार भइरहेको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित थारू चोकमा सु.प.प्र.०१-०११ प ४६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० बस्ने ५४ वर्षीया डम्मरा ओलीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, कंचनरूप नगरपालिका-७ बलुवा चोकस्थित सडकमा प्र.२-०१-००२ प ९९९७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सप्तकोशी नगरपालिका-८ ओद्राहा बस्ने सूर्य नारायण सदाकी छोरी ८ वर्षीया अलिसा सदाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरले को.३७ प १८६४ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ सतपतीस्थित सडकमा बरूवाबाट कुडियातर्फ जाँदै गरेको लु.१८ प ५८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ महलबारी बस्ने ४५ वर्षीय दल बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राम हुँदै तिनाउ अस्पताल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, लमही नगरपालिका-५ बैंकरोडस्थित सडकमा लमहीबाट गढवातर्फ जाँदै गरेको रा.७ प ४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक राप्ती गाउँपालिका-५ कमलरोड बस्ने २२ वर्षीय प्रेम रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१ छाताचोकस्थित सडकमा भानुचोकबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको को.२८ प ८२०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१६ बस्ने कुमार श्रेष्ठकी छोरी ६ वर्षीया फिरोजा श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहापुल चोकस्थित सडकमा पकलीबाट चतरातर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ६६६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय लोक बहादुर पौडेलको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बि.पि.कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान घोपा हुँदै थप उपचारको लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लैजानौ क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको बि.पि.कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बाईपासस्थित सडकमा भे.६ प ८०२ नम्बरको मोटरसाइकल र ज.३ प ७१७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा भे.६ प ८०२ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ सरदरलाईन बस्ने २६ वर्षीय अमन कुमार कसौधनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.३ प ७१७१ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि भारतको लखनउ पठाइएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१० स्थित सडकमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ४४२८ नम्बरको सुमो अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सुमोमा सवार भारत मोतिहारी थाना सुगौली रक्सौल बस्ने नबिन कुमार साहको छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, धनपालथान गाउँपालिका-४ ललियास्थित सडकमा ललिया कर्सियातर्फ जाँदै गरेको प्र-०१-०२-०४३ प ३६९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक जहादा गाउँपालिका-७ बस्ने २७ वर्षीय मखन बिस्वासको मृत्यु भएको छ । आइतबार राति उक्त मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने २६ वर्षीया काजल माझी थारूलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मखनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा, कन्काई नगरपालिका-५ तल्लो चप्रामारीस्थित सडकमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको मे.११ प ३३८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-५ तल्लो चप्रामारी बस्ने बिनोद पाठकको छोरा ७ वर्षीय सोहन पाठकको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

Models of Constitution Making with Reference to Nepal

Good Governance in Nepal: Legal Provisions and Judicial Praxis

१३ हजार ६५ गणना हुँदा वाग्लेलाइ ७ हजार २९३ मत

१३ हजार ६५ गणना हुँदा वाग्लेलाइ ७ हजार २९३ मत