काठमाडौं । काठमाडौं, ललितपुर, झापा र कैलालीबाट जुवा खेल्ने ३२ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-१० स्थित डेरा गरी बस्ने सोही नगरपालिका-८ घर भएका ३९ वर्षीय यम बहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुर समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-