राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री एवम् सांसद रवि लामिछाने हिजो रातिदेखि प्रहरी हिरासतमा छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर राति नै उनलाई पोखरा लगिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको आरोपमा थप अनुसन्धान गर्न लागिएका रविको समर्थनमा उनका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । उपसभापति लगायत अधिकांश पदाधिकारीहरु आज दिउँसोसम्म पोखरा पुगेको अवस्था छ ।

दिउँसो चिप्लेढुंगामा आयोजित विरोध सभामा सहप्रवक्ता मनिष झाले आफूहरु शहीद बन्न तयार रहेको बताएका थिए । झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको दाबी गरेको बेला केही महिला सांसद भने सेल्फी खिच्दै मुस्कुराइरहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-