पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पाेखरा १७ डयामसाइडबाट २ जुवा खालबाट ११ जनालाई प्रकाउ गरेको छ ।
घटना १ : पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ नयाँबजार बस्ने ६८ वर्षीय बिनोद शेरचन समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।
घटना २, पोखरा महानगरपालिका- १७ ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरूङको फाईन लस्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेकोअवस्थामा प्रताप समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रूपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-