डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा फेला परेको छ । सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
हिजो (शुक्रबार) राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लाष्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ । तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत खुल्ने बताइएको छ ।
प्रहरीले आरतीको शरीरमा कुनै चोट पटक नदेखिएको बताएको छ । डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनको परिचय भने खुलाएको छैन । प्रहरीले आज बिहान शव उठाएर पोष्टमर्टमका लागि डडेल्धुरा अस्पताल पठाएको जनाएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-