पाेखरा । अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिले पाेखरा महानगपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीमा ध्यानाकर्षण गराएका छन् ।
पाेखरा महानपालिकाका मेयर धनराज आचार्य र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई उनीहरूले ज्ञापन पत्र बुझाएका हुन ।
चाडपर्वको बेलामा बढ्दै गएको कालोबजारी, अनियमितता, मिसावट, कृत्रिम अभाव र यातायात क्षेत्रमा देखिएका समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराएको छ। संस्थाले बिद्यार्थी परिचय पत्रका आधारमा पाउने छुटलाई तत्काल लागू गर्नसमेत माग गरेको छ।
अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष सुमन सुवदी लेनिनले आम सर्वसाधारण र जनजीविकाको विषयमा यी समस्याहरूले पारेको असर प्रति चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। विद्यार्थी र नेपाली जनताको पक्षमा उभिएर सधै काम गर्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-