पोखरा । दसैंकाे अवसर पारेर पोखरा– १८ भकुण्डेमा रहेको भकुण्डे युवा मञ्चले सामाजिक उत्तरदायीत्व अनुसार सराङ्कोटको तल्लो भू–भागमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
त्यस कार्यक्रममा ३० युवा, स्थानिय टोल विकास संस्था, आमा समुह, हिमाली बालकल्याण मञ्च, सहरी स्वास्थ केन्द्रका प्रतिनीधि, पाल नेवाङ गुम्बा विद्यालयका विद्यार्थी लगायत १ सय भन्दा बढीको सहभागिता रहेको थियो। भकुण्डे टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थापाको संयोजकोत्वमा भएको कार्यक्रममा, भकुण्डे युवा मञ्चका अध्यक्ष राजेश थापाले सहजिकरण गरेका थिए।
सरसफाईमा युवाहरू आफ्नो टोल सरसफाई गर्न निस्केका थिए। आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने संस्थाका सचिव सन्तोष अधिकारीले जानकारी दिए। संस्थाले आगामी दिनहरूमा पनि यस्तै समाजिक कार्यक्रमको निरन्तर दिने बाचा गरेको छ।
स्थापना भएको छोटो समयमै मञ्चले विभीन्न सामाजीक कार्यहरू गर्दै आएको छ। भलिबल खेलमा विशेष जोड दिने मञ्चले जिल्ला र प्रदेश स्थरका खेलमा उत्कृष्ट स्थान हासिल गरेको छ। पर्यटकिय क्षेत्र भएर पनि टोल पछाडी परेको, दियो मुनिको बत्ति झै रहेको भन्दै भकुण्डे टोललाई नमुना टोलका रुपमा चिनाउन सबै टोल बासी लाग्नु पर्ने भकुण्डे टोल संस्थाका अध्यक्ष सुर्यबहादुर थापाले बताएका छन्।
साथै मञ्चको सक्रियतामा सदाझै यस वर्ष पनि दशै तिहारको उपलक्ष्यमा लिङ्गेपिङ राख्ने काम सम्पन्न भएको टोल विकास संस्थाका सचिव सन्तोष अधिकारीले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-