नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढेको छ।सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अवहेलनामा कारबाही अघि बढाएको हो।
सोमबार घिमिरेविरूद्ध मुद्दा दर्ता गरिएको र मंगलबार सुनुवाइका लागि पेसी तोकिएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए।
गत असोज ११ गते घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चले घिमिरेविरुद्ध मुद्दा अघि बढाएको हो।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-