पाँचथरमा पहिरोले पुरेर आमाछोरीसहित हालसम्म तीन जनाको मृत्यु भएको छ । फिदिम १ र ४ मा मा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता छन् ।
फिदिम-१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको निधन भएको छ । यस्तै फिदिम ४ मा आदीवासी जनजाती महासंघको भवन सँगै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरो ले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शर्पाको घट्नास्थलमै ज्यान गएको हो ।
फिदिम-१ फेमेखोला नजिकै पहिरो जाँदा कृष्ण दाश, कमला दाश, राजेश तुम्बापो,उनकी श्रीमती सरस्वती तुम्बापो र धनकुमार तुम्बापो बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
यसैविच मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज पनि बाढीले बगाएको छ । गत वर्ष असार २ गते आएको बाढीका कारण त्यहााको पक्की पुल बगेपछि संघीय सरकारले उक्त पुल निर्माण गरेको थियो । पुलबगेसँगैताप्लेजुङसहितपाॅचथरजिल्लाकाहिलिहाङ र याङवरकगाउॅपालिकासडकसम्पर्कविच्छेदभएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-