पाेखरा । सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताकाे उपाधी प्रदान गर्ने सम्बन्धि नियमावली २०७६ जारी गरेको छ । जस्मा लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने चलन छ ।
नेपालमा पहिलो पटक २०१३ साल कात्तिक १२ गते सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो ।
त्यसका लागि १५ वर्ष भन्दा बढि सक्रियपूर्वक कानून व्यवसाय गरेको प्रमाण र आफूले बहस गरेका कम्तीमा ५० वटा फैसला पेश गर्नुपर्ने नियम छ । सर्वोच्च अदालतले अन्य पेशा व्यवसायमा रहेको, कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा विश्वविद्यालय लगायतका पूर्णकालिन काम गर्ने कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधी नदिने मापदण्ड बनाएको थियो ।
कास्की जिल्लाका बलराम तिमिल्सिना, फडिन्द्रराज काेइरला, दिपक बास्ताेला, नारायण प्रसाद शर्मा, विष्णुप्रसाद शर्मा र विनोद रेग्मीले वरिष्ठ अधिवक्ताकाे उपाधी पाए ।
प्रतिक्रिया लेख्नुहोस्:-