पोखरा । सहकारीको रकम निजी कम्पनीमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डिआइजीकाे ५ दिनकाे लागि म्याद थप भएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरिएकाे थियाे ।
काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको प्रतिवेदन संसदीय छानबिन समितिले दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-