विरोध हुने थाहा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा आफ्ना कार्यक्रम स्थगित गर्न लगाएका छन् ।
अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको हो । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-