पाेखरा । नेपाल क्याेकुशिन कान कराँते लेखनाथ डाेजाेले बेल्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सेताेबाट पहेलोमा वेल्डमा जाने २६ खेलाडी, पहेलोबाट एल्लाेमा गएका १५ खेलाडीले, एल्लोबाट हरियोमा ११ खेलाडीले, हरियोबाट निलाेमा गएका ८ खेलाडी, निलाेबाट खैरो बेल्टमा जाने ८ जना र खैरो बेल्टकाे तह घटाउने ११ खेलाडीले बेल्ट लिएका छन् ।
पाेखरा महानगरपालिका २९ वडाध्यक्ष श्री प्रसाद गुरुङले सबै खेलाडीलाई बधाई दिए । खेलकुद क्षेत्रमा लाग्ने र शिक्षा क्षेत्रमा लाग्नेलाई मुल्यांकन गरेर सम्मान गर्ने याेजना सुनाए । उनलेे खेल क्षेत्रमा भविष्य उज्ज्वल रहेको बताए ।
नेपाल क्याेकुशिन कान कराँतेका ब्राच चिफ लक्षुमण कुँवर, द्वन्द निर्देशक राजेन्द्र खड्की, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका अधिकारीले कार्यक्रममा भनाइ राखेका थिए ।
प्रशिक्षक सुबास खड्का खेलाडी उत्पादन क्षेत्रमा लागेको सबैलाई जानकारी दिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-