पाेखरा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध उजुरी आह्वान गरिएको छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो।
नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो। जसमा न्यायाधीशहरु राउतसँगै, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए।
यसैगरी सुनुवाइ समिति बैठकले अष्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूत क्रमशस् चित्रलेखा यादव र सेवा लम्सालविरुद्ध पनि उजुरी माग गरेको छ। मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसद्को संसदीय सुनुवाई समितिले प्रस्तावि प्रधानन्यायाधीश र राजदूतहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया लेख्नुहोस्:-