पाेखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) क्याम्पस समिति, पृथ्वीनारायण क्याम्पसकाे आयाेजनामा संविधान र समावेशीता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमा बाेल्दै माअेावादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे माअेावादीले नै नेपाल परिवर्तनकाे लागि ठुलो भुमिका खेलेको छ । संविधान निर्माणका लागि माअेावतदीकाे भुमिकाबारे बाेलेका थिए । प्रतक्ष राष्ट्रपति प्रणाली माअेावादीकाे ऐजेन्डा रहेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ विद्यार्थीले समाजवादकाे शिक्षा पाएका छन कि छैनन् । वुर्जुवा शिक्षा र समाजवादी शिक्षा बिचकाे फरक छुट्टाउनुपर्ने बताए ।
पैसा हुने र नहुनेकाे पढाइमा भिन्नता भएको बताए । प्रमाणपत्रमा लिन पढ्ने जस्तो भएको बताए । राजनिती सबै उत्साहित हुनुपर्ने बताए । शैक्षिक क्षेत्रमा धेरै विकृति भएको तर विद्यार्थी संगठन कम्जोर बन्दै गएको छ ।
अधिवक्ता विमल प्रसाद लामिछाने समाजकाे पहिचान, माैलिकता समेट्नुपर्ने, जनताको भवना समेट्नुपर्ने बताए । २ हजार ४ सालमा संविधान बनेपनि कार्यान्वयनमा आउन नसकेको बताउदै नेपाल संविधान धेरै पटक परिवर्तन भएको धारणा राखे ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) क्याम्पस समिति, पृथ्वीनाराय क्याम्पसकाे अध्यक्ष नवीन अधिकारीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्:-