पाेखरा । सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा बढी अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । सोमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधि सभाका उपसभामुख एवं परिषद् सदस्य इन्दिरा रानाले जानकारी दिए । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ २० गतेदेखि अवकाश पाउँदै छन् । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिने छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-