मुस्ताङ । घरपझोङ गाउँपालिका-३ स्याङ बस्ने ३२ वर्षीय राजकुमार थकालीको घरमा जुवातास खेलिरहेको अवस्थामा राजकुमार समेत ५ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ६ सय ६० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-