पाेखरा । शिक्षाविद तथा अभियन्ता हरि कार्कीलाई इन्टिग्रेटेड ग्लोबल युनिभर्सिटीले सम्मानस्वरूप मानर्थ डाक्टर उपाधिले सम्मान गरेको छ।
करिब २६ वर्ष शैक्षिक क्षेत्रमा अध्यापन गराएका कार्कीले, शैक्षिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
कता स्थानीय तहको निर्वाचनमा स्थानीय तहलाई दलविहीन बनाउनुपर्छ अर्थात् स्वतन्त्र व्यक्ति मात्र जनप्रतिनिधि हुनुपर्छ भन्ने स्वतन्त्र अभियान सञ्चालन गरेका कार्की स्वतन्त्र अभियानका एक प्रमुख पात्र थिए।
पछि समाजमा स्थापित विज्ञ व्यक्तिहरु, अनुभवी तथा निष्कलङ्क व्यक्तिहरूले देश हाँक्नुपर्छ भन्ने अभिप्रायले संघ र प्रदेशको चुनावमा लौरो अभियान सञ्चालन गरेका थिए ।
केही समय अगाडि यो व्यवस्था हाक्ने व्यक्तिहरूबाट देश अगाडि बढ्दैन भन्ने सोचका साथ नागरिक बचाउ महा अभियानसँग सहकार्य गरी संगठन विभाग प्रमुख पनि भए । त्यसको परिणाम स्वरूप ७ गते एउटा आन्दोलन सफल भएको थियो।
समाजमा घट्ने प्रत्येक ससाना गतिविधिहरूलाई सुसममा अध्ययन गर्न सक्ने क्षमता भएका कार्कीलाई इन्टिग्रेटेड ग्लोबल युनिभर्सिटीले सम्मानस्वरूप मानर्थ डाक्टर उपाधिले सम्मान गरेको छ।
छोटो उमेरबाटै अध्यापन पेशामा लागेका कार्कीले पोखरा आसपासका करिब ३६ हजार भन्दा बढी विद्यार्थीहरुलाई औपचारिक र अनौपचारिक शिक्षा प्रदान गरी संख्यात्मक तथा गुणात्मक रुपमा इतिहास र सफल भएका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-