माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाइ नेकपा माओवादीले कार्वाही गर्ने चेतावनी दिएको छ ।
यस भन्दा अघि बिच बाटोमा छाडेको कान्ति सफल गर्न आफुहरु लागेको र जनयुद्ध २ को तयारीमा आफुहरु रहेको शुक्रबार गौरबले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनयुद्धले मुख्य कुरा पुरा गर्न नसके पनि धेरै कुरा हासिल गरिसकेको विज्ञप्तीमा उल्लेख छ । भट्टराई बोलेको शब्द संविधान विपरीत मात्र नभएर जनयुद्धको अपमान भएको गौरवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै भट्टराईलाइ सार्वजानिक रुपमा माफी माग्न उनले निर्देश दिएका छन् । सार्वजानिक रुपमा माफी नमागेमा भट्टराईलाइ जनकार्वाही गरिने विज्ञप्तीमा उल्लेख छ ।
बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गर्दा एमाले सचिव भट्टराईले माओवादीको १० वर्षे आन्दोलन हिंसा नै भएको पटक–पटक दोहोर्याएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-