कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकमा सभागृहचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग.२१ प ५४५० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक पर्वत पैयू गाउँपालिका-७ बस्ने ३० वर्षीय सुसान गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-