गोरखा । गोरखा नगरपालिका-६ पाटेचौरस्थित निर्माणधिन घरको छतमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका-९ लक्ष्मीबजार बस्ने २४ वर्षीय सुनिल मगरको बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने प्रज्वल जोशीको निर्माणाधिन घरमा रेलिङ हाल्ने क्रममा फलामको रड अचानक घर नजिकै रहेको विजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर गम्भीर घाइते भएका १ जनाको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-