रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने भएको छ ।
पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ुरेन्टरटेनमेन्टु आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए ।
कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ुग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने विश्वास लिएको छु ।ु उनले भने ।
आयोजक एवम् व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले पोखरा क्षेत्र नेपालको सबै भन्दा पानी पर्ने ठाउँ भएकोले पानीसँग पोखरा र पर्यटनलाई जोडेर यस्तो कार्यक्रम गर्न लागेको कुरा सुनाए । ुजुन, जुलाई निकै पानी पर्ने समय हो। यति नै बेला यहाँको पर्यटन निकै सुस्त हुन्छ। यही कुरालाई मध्यनजर गरेर पर्यटन प्रवर्द्धन होस् भनेर कार्यक्रम गर्न लागेका हौँ ु उनले भने, त्यो दिनमा आकाशबाट पानी नपरेपनि कृत्रिम बर्षा गराएर कार्यक्रम गर्नेछौं।
रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको कुरा बाराही ग्रुपका कर्पोरेट म्यानेजर राज कुमार केसीले सुनाए । उनले झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिने पनि बताए । ‘समर थिममा हामीले मोडलहरुलाई ¥याम्पमा उतार्ने तयारी गरेका छौैँ । यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौँ ।’ उनले भने ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ । झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो कार्यक्रमलाई यसअगाडि निकै रुचाईएको थियो । यो कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली, भारत, थाइल्याण्ड लगाएतका देशबाट समेत ‘पार्टी लभर’हरु पोखरा आउने गरेका छन् ।
व्यञ्जन र दि बिच बारको संयुक्त आयोजना रहेको यस कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डट कमले लिएको छ ि
प्रतिक्रिया लेख्नुहोस्:-