पोखरा / माछापुच्छ्रे गाउँ पालिका स्थित महेन्द्र माविका एक शिक्षक बालिकामाथि बाल याैन दुर्ववहार गरेको आरोपमा पक्राउ परेका छन् । विधालयको आइडिकार्ड ( विधार्थी परिचय पत्र) का लागि फोटो खिच्ने क्रममा शिक्षकले बालिकको विभिन्न अंगमा छोएका थिए ।
एकाउन्टका शिक्षक विनोद भण्डारीले बालिकमाथी यौन शोषण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए ।
विनोदलाई विहिबार पक्राउ गरिएको हो । उनी विरुद्ध बालबालिका दुर्ववहार सम्बन्धिको कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको एसपी थापाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-