पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनाबपूर्ण बाताबरण सिर्जना भएको छ । आन्दोलनकारीले पत्रकारलाइ कुटपिट गरेका छन् । संचारकर्मी बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले सुरज थापाको स्कुटरमा तोडफोड गरेको बताइएको छ।

पत्रकार महासंघ गण्डकी लगायतका पत्रकार संग सम्बन्धीत विभिन्न संस्थाले पत्रकारमाथी कुटपिट गरेको विरुद्ध प्रेस विज्ञप्ति निकालेका छन् ।
मुख्य गरि रातो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधनले राईड शेयारिंग सेवा संचालन गरेको बिरोधमा यातायात ब्यबसायीहरु बिरोधमा उत्रिएका हुन । उनीहरुले आइतबार सम्म आफ्नो माग पुरा नभए आन्दोलन शुरु गर्ने र सार्बजनिक यातायात नै ठप्प पार्ने चेतावनी यस अगाडी नै दिएका थिए।
यसै क्रममा राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटर तोडफोड गरेको समाचार छ ।
प्रतिक्रिया लेख्नुहोस्:-