म्याग्दी । धौलागिरी गाउँपालिका ७ आरखोला बस्ने ६५ वर्षीय तुल प्रसाद न्यौपानेको घर शुक्रबार बिहान पहिरोले पुरिँदा तुल प्रसाद र उनकी श्रीमती ४९ वर्षीया बालकुमारी न्यौपानेको मृत्यु भएको छ ।
पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-