पोखरा । जिल्ला कास्की पोखरा १९ तल्लाकोट टारी स्थितमा बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आउदा ७ जनाको मृत्यु भएको छ ।
४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रशना परियार, चितवन घर भएको कुल बहादुरको २० वर्षीय छोरी प्रभा परियार ( माईति आएको), ज्वाई २५ वर्षीय अस्मित परियार (ससुराली आएको)
पोखरा १९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका परियार । (घटनास्थलमा
उद्धार गर्ने क्रममा लडी मृत्यु) हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हे.क्वा.कालिका कास्कीबाट स.प्र.स.नि. दिपेन्द्र बिष्टको कमाण्डमा १७ जना विशेष विपत् व्यवस्थापन टोली, खटिगई निम्न मानिसहरु लाई घटनास्थलबाट मृत,घाईते अवस्थामा बाहिर निकाली पश्चिम क्षेत्रीय अस्पताल पठाएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-