पर्वत । पर्वतमा गोठमा रहेका भैसी बाख्रालाई जोगाउन जाँदा पहिरोमा परि एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १. कार्कीनेटामा पहिरो जाँदा २ जना वेपत्ता भए मध्ये एकजनको शव भेटिएको छ । तर, शवको पहिचान हुन भने सकेको छैन् ।

अविरल वर्षाका कारण आज २ः३० बजे भएको पहिरोमा परि स्थानीय टिमुरवोट निवासी कुलप्रसाद पाध्याको छोरा वर्ष ४० का झलक प्रशाद शर्मा र स्याङ्जा आंधिखोला गाउंपालिका वार्ड नं ३ निवासी ३३ वर्षको तुलसी प्रसाद शर्मा वेपत्ता भएका थिए। उनीहरु मध्ये एकको शव सेपथमा भेटिएको हो ।
घर नजिकै गोठमा पहिरो गएपछि भैसी र बाख्रालाई जोगाउन खोज्दा गोठको तल्लो भाग र माथिल्लो भागबाट एक्कासी पहिरो गएर गोठमा रहेका बस्तुभाउ सहित उनिहरुलाई बगाएको स्थानीयले बताएका छन् । प्रहरी र स्थानीहरु उद्धार गर्न पुगे पनि निरन्तर पानी पर्दा र पहिरो जानेक्रम नरोकिदा उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् । पहिरोमा २ वटा माउ भैसि, १ वटा पाडो, ४ वटा वाख्रा समेत वेपत्ता भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-