राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेकाे सरकारलाइ विश्वासकाे मत दिने बताएका छन् । प्रदेश सरकार निर्माण केन्द्रको प्रभाव देखिन नहुने भन्दै मत दिने बताएका हुन् ।
सोमबार गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा बोल्दै सरकार बनाउन प्रदेश स्वायत्त हुनुपर्ने बताए । ‘प्रदेशमा सरकार निर्माण गर्दा केन्द्रको प्रभाव पर्ने छैन भन्ने तथ्य स्थापित गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारको विपक्षमा अहिलेको मुख्यमन्त्रीलाई समर्थन गर्न चाहन्छौँ ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-