काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ ।

पछिल्लो दुई दिनमा लेक लागेर चार जनाको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको हो । छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमै मृत्यु भएको हो ।
देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । बिरामी परेका जीवन बुढाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-