हावाहुरीका कारण कास्की जिल्लाका १४ वटा घर तथा अन्य संरचनामा क्षेती भएकाे जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जानकारी दिएकाे छ ।
१७ गते साझँको समयमा आएको हावाहुरीको कारण कास्की जिल्लाको विभिन्न स्थानहरुमा क्षेती पुर्याए पनि मानविय क्षति भने भएकाे छैन ।
जिल्ला कास्की रुपा गा.पा. १ मा च्यार्पे बस्ने नर माया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको, घर भित्र राखिएको अन्नपात लत्ता कपडा भिजेर क्षेति भएको छ। जिल्ला कास्की रुपा गा पा २ मा छापडाँडा बस्ने सोम बहादुर खड्काको २ तले कच्ची धनसारको छानो उडाएको, धनसारमा रहेको अन्नपात भिजेर क्षेति भएको छ ।
जिल्ला कास्की रुपा गा.पा. २ मा माझकोट बस्ने हर्क बहादुर गुरुङको २ तले कच्ची घरको टिनको छाना उडाएको छ। साेही ठाउँ ६ जामुने बस्ने चिजा माया गुरुङको बाख्राको खोर र ट्वाईलेटको टिनको छाना उडाएको, कसिला गुरुङ ब्लकले बनेको टिनले छाएको १ तले घरको टिनको छाना उडाएको, बस्ने प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र ट्वाईलेटको छतमा राखेको ड्रम उडाएको, बस्ने गंगा गुरुङको घरको छानो उडाएको, राज कुमार तामाङको १ तले ब्लकले बनेको घरको टिनको छानो उडाएको छ ।
रुपा गाउँपािलका ६ मियागाउ बस्ने अब्बस अलि मियाको ब्लकले बनेको १ तले घरको छानो उडाएको , अबदुल मियाको ब्लकले बनेको १ तले घरको टिनको छानो उडाएको, रजिना मियाको ब्लकले बनेको घरको टिनको छानो उडाएको, मैमुन मियाको ब्लकले बनेको घरको टिनको छाना उडाएको, लैलातान मियाको ब्लकले बनेको घरको टिनको छानो उडाएको, कृष्ण बहादुर थापाको २ तले घरको टिनको छानो उडाएको, तसबिरन मियाको १ तले घरको टिनको छानो उडाएको, भिरचोक बस्ने जानकी गुरुङको मौरीको घार र ड्रम उडाएको, चिसापानी स्थित कोट मन्दिरको टिनको छानो उडाएको र थापा गाउको कुल मन्दिरको टिनको छानो उडाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-