कास्की, ३० वैशाख
पोखरा महानगरपालिका( ३३ बरपाण्डे थुङ्गस्थित श्री शान्ति उदय माध्यमिक विद्यालयको भवनको ढोकाको ताल्चा फोडेर लेखा शाखा र कम्प्युटर शाखाबाट सिसि क्यामेरा ५ थान, ल्यापटप ११ थान, सिसि टिभी मनिटर डिभीआर १ थान, ल्यापटप चार्जर ७ थान, हेलोजिङ लाईट १ थान शुक्रबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-