पाेखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापन र बारपाक सुलिकोट गाउँपालिकाको समेतको सहकार्यमा आयोजित प्रतियोगिता भएको छ ।
प्रतियोगिताको अवलोकन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री सुशिला सिमखडाले नेपालको भुगोल अनुसार भलिबल जुन ठाउँमा पनि खेल्न मिल्ने भएको कारण लोकप्रीय हुँदै आएको धारणा राखिन १९९० काे दशकमा नेपालमा भलिबल भित्रीएकाे जानकारी दिदै उनले नेपाल राष्टिय खेल भएको कारण पनि भलिबलको विशेष महत्व रहेको बताइन ।
सिम्डाखले यस प्रतियोगिता बारपार्कमा भएको कारण बारपर्कको खेल क्षेत्रको विकासको लागी थप सहयोग गुग्ने दावी गरिन ।
साथै आफु गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री हुँदा गण्डकी प्रदेशका पुर्व ओलम्पीन खेलाडीलाइ प्रतिमहिना ५ हजार दिने निर्णय गरेर हाल कार्यान्वय भैरहेको जानकारी दिइन ।
भलिबल खेलले शरिरमा उर्जा बढाउने, स्वस्थ्य राख्ने, तनाब व्यवस्थापन गर्ने लगायतका सकरात्मक उर्जा दिनै बताइन ।
प्रतियोगिता अन्तर्गत हुने फाइनलमा महिलातर्फ म्याग्दी र पर्वत उपाधि नजिक पुगेका छन् भने पुरुषतर्फ नवलपुरले स्याङजा जिल्ला संग उपाधि भिडन्त पक्का गरेका छन् ।
आजै सम्पन्न महिलातर्फको सेमीफाइनलमा म्याग्दीले कास्कीलाई २५–१३, २५–१६, २०–२५, २५–१७ ले पराजित गर्दा पर्वतले स्याङजालाई २५–१२, २५–१६, २५–१६ ले हराउँदै उपाधि नजिक पुगेका हुन् भने पुरुषतर्फ नवलपुरले तनहुँलाई २५–२२, २५–१६, २५–१६ ले र स्याङजाले म्याग्दीलाई २५–१८, २५–१७, २१–२५ र २५–१७ ले हराउँदै उपाधि नजिक पुगे ।
प्रतियोगिता अन्तर्गत नै भएको महिलातर्फको क्वाटरफाइनलमा म्याग्दीले नवलपुरलाई २५–१३, २५–१३ को सोझो सेटमा पराजित गरी सेमीफाइनल प्रवेश गर्दा कास्कीले गोरखालाई २५–१८, २५–१८ ले, स्याङजाले बागलुङलाई २५–२०, २५–१४ ले, पर्वतले तनहुँलाई २५–१५ र २५–१३ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरेका थिए ।
यता पुरुषतर्फ क्वाटरफाइनलमा नवलपुरले बागलुङलाई २३–२५, २५–१८ र १५–७ ले कठिन जित निकाल्दै अन्तिम चारको यात्रा पार गरेको थियो । त्यसै गरी तनहुँले गोरखालाई २५–१९, २५–२३ ले, स्याङजाले लमजुङलाई २५–१४, २५–९ ले र म्याग्दीले पर्वतलाई २०–२५, २५–११ र १५–१२ ले जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका थियो ।
उक्त प्रतियोगिता १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत छनौट खेल रहेको परिषदले जनाएको छ । प्रतियोगितामा ११ जिल्लाका महिलातर्फ १० टिम र पुरुषतर्फ १० टिम गरी कुल २० टिमको सहभागिता रहेको छ । मनाङले पुरुषतर्फ र मुस्ताङले महिलातर्फको टिम सहभागिता नजनाएको प्रतियोगिताका संयोजक विनय थापाले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-