कास्की । पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरूङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ४ सय २० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-