लम्जुङ्म । जिल्लामा ८ औं लमजुङ महोत्सव २०८० हुँदै गर्दा म्याद गुज्रिएका सामग्रीहरू भेटिएको छ। खाना नमिल्ने, म्याद गुज्रिएका र पुराना सामान बेचिरहेको पाईएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको संयोजन तथा जिल्ला प्रशासन कार्यालय लमजुङ, उद्योग वाणिज्य संघ लमजुङ तथा संचारकर्मीको उपस्थितिमा महोत्सव स्थलको अनुगमन गरिएको हो । अनुगमनको क्रममा टोलीले गुणस्तरमा चुकेको अन्दाजी ८ लिटर तेल, म्याद नाघेका प्याकेट दूध २ लिटर, गिलो चाउमिन ३ के .जी नष्ट गरेको छ ।
यसक्रममा मासुका परिकार पकाउन खाद्य रंग भन्दै कोलटार रंगको प्रयोग गरेको भेटिएपछी टोलीले होटलबाट त्यस्ता रंग जफत गरेको छ । पकाएर खानुपर्ने कुरामा सिन्टेटिक रंग प्रयोग गर्न कानुनले निषेध गरेको छ । एक पटकलाई सचेत गराइएको छ।
यस्तै चटपट, पानीपुरी पसलबाट मसीयुक्त पत्रपत्रिका, किताबका पाना पनि जफत गरिएको छ । खानेकुराको प्रत्यक्ष सम्पर्क मसीयुक्त कुरा आएमा खाद्य पदार्थ दूषित हुनेकुरा टोलीले सम्झाएको छ ।
यस्तै होटल रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर, फ्रिज व्यवस्थापन, खाद्य सामाग्रीको म्याद, खाद्य पसलमा खाद्य सामाग्रीको भण्डारण आदि निरीक्षण गरि खाद्य स्वच्छता कायम गर्न निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो ।
अनुगमनमा खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन का कार्यालय प्रमुख ज्वाेति आचार्य जिल्ला प्रशासन कार्यालय नासु अजय दास , खरिदार दिननाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-