लमजुङ । लमजुङ प्रहरीले लागुऔषध (अफिम) को खेती गर्ने एक युवकलाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका वडा नं. ०३ सुर्यपाल स्थितमा लागू औषध (अफिम) को अवैध खेती गर्ने राक्सिराङ गाउँपालिका वडा नं. ०८ घर भएका २६ बर्षीय हिमाल लामा थिङलाई पक्राउ गरेको हो ।

उनी विगत १ बर्षदेखी उक्त स्थानमा विष्णु सुवेदीको खेतवारी रेखदेख गरी बस्दै आएका थिए । उनले ३ रोपनी क्षेत्रफलमा लागुऔषध (अफिम) को खेती गरेको भेटिएको प्रहरीले जनाएको छ ।
खेती गरी कारोवार गर्ने हिमाल लामा थिङलाई आइतबार पक्राउ गरिएको हो । खटि गएका प्रहरी टोलीले उक्त स्थानबाट १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको चोप १०७.४ ग्राम, चोप निकाल्ने कार्यमा प्रयोग भएका चक्कु र कचौरा समेत बरामद गरेको छ ।
पक्राउ परेका युवकलाई जिल्ला अदालत लमजुङबाट ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-