पोखरा । सिन्धुपाल्चोकका रामलाल तामाङको गत ३ गते सिक्लेशमा शव भेटिएको थियो । उनको हत्याको आरोपमा अहिले ४ जनालाइ कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामलालको श्रीमती कान्छी माया भनिने च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ कास्की प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोककाबाट च्याङ्मा तामाङलाइ र धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाइ काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
यसरी भएको थियो हत्या
रामलाले घरमा श्रीमतीलाइ सधै गाली गर्ने र नराम्रो व्यवहार गर्नेबाट श्रीमती र अन्य गाउँका समेत वाक्क भएको च्याङ्मा तामाङले प्रहरीलाइ बयान दिएकी छन् । श्रीमानको व्यवहारबाट श्रीमती आतिएर धनबहादुलाइ श्रीमान हत्या गर्न आग्रह गरीन र उनले केही रकम समेत धनबहादुरको हातमा हालिन ।
च्याङ्मा तामाङले दिएको ९० हजार लिएर धनबहादुरले रामलाललाइ मार्ने योजना बनाएर पोखरामा आए । धनबहादुर तामाङले कामको लागी भन्दै सिक्लेस तिर लगे । रामलालाइ अगाडी पारेर धनबहादुरले पछाडीबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भीक अनुसंधानमा पत्ता लगाएको छ ।
धनबहादुर हत्या गरेपछी नवीन तामाङ र अजित तामाङको सहयोगमा शव व्यवस्थापन गरेका थिए । सुपारी बापत पाएको ९० हजार रुपैयाँ मध्यको ५० हजार धनबहादुर लिएर अन्य २ जनलाइ २०/२० हजार भाग लगाएर । उनीहरु सिक्लेबाट फर्केको प्रहरीललाइ धनबहादुर बयान दिएका छन् ।
मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलालको हत्या गरेर ३ जना फरार भएका थिए ।
सिक्लेस गाउँबाट दक्षिण पाखोमा भेटिएको शव सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङकोे १ गते हत्या भएको ३ गते शव फेला परेको थियो । प्रहरीले रामलालका बुबालाइ शवको जिम्मा लगाइ सकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक तिलक मान्धरले केही समयमा घटनाकाे बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-