गोरखाको सहिद लखन गाउँपालिका वडा नं २ ढाँडवारिमा मनकामना मगर सामुदायिक होमस्टेले संचालनमा आएका छन् ।
मनकामना मगर सामुदायिक होमस्टेका अध्यक्ष शिव रानाले गाउँको उत्पादन गाउँमा नै बेच्नको लागी होमस्टे चलाएको बताए । उनले मनकामना मन्दिमा दर्शन गर्न आउने पाहुँनाको लागी पनि होमस्टेको सेवा लिनसक्ने बताए । मनकामनाको सुन्तलाबाट बनेको विभिन्न प्रकारका खाध्यन, गाउँमा परिवारमा रामाउन चाहानेको लागी उत्कृष्ट गन्तब्य रहेको सुनाए ।
आबुखैरेनीबाट करिब २ सय रुपैया भाडा तिरेर पुगिने ढाँडवारि गाउँबाट गोरखाको विभिन्न ठाउँदेखी आबुखैरेनी सहर पनि देखिन्छ । हाल १० घरले सञ्चालन गरेको होमस्टेमा ४० जना पाहुना राख्न सक्ने क्षमता छ । यस होमस्टेले गाउँको बिकासको लागी पनि टेवा पुर्याउने अध्यक्ष रानाले धारणा राखे ।
सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले होम स्टे भनेको बस्न खान मात्र नभई कला संस्कृतिको संरक्षणका लागी पनि सामुदायिक होमस्टे आवश्यकता रहेको बताए । उनले होमस्टेमा आउने पाहुँना गाउँको हावापानी र समाजमा रमाउन सक्ने बताए ।
सहिद लखन गाउँपालिका वडा नं २ वडा अध्यक्ष सकुन थापा मगरले सहिद लखन गाउँपालिका भित्रकै उत्कृष्ट होम स्टे बन्नेमा आफू विश्वस्त रहेको बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-