पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिले मनोरञ्जनको क्षेत्रमा कम उमेरका बालकालिकालाइ श्रममा लगाउनेलाइ कडाइ गरिने बताएका छन् ।
सेफ द चिल्लेड नेपालको सहयोग र सामुदायिक प्रहरी सेवा संघ कास्की जिल्ला समन्वय समिति कास्कीको आयोजना भएको छलफलमा घिमिरेले मनोरञ्जनको क्षेत्रमा कम उमेरका बालकालिकालाइ प्रयोग श्रममा लगाउनेलाइ कडाइ गराइने घिमिरेले बताए ।
कास्कीका कतिय ठाउँमा जाँदा कम उमेरका बालकालिकालाइ श्रममा लगाएको देखेको अनुभव सुनाउदै अनुगमनलाइ तिव्रता दिने जानकारी दिएका छन् । बाल श्रममा लगाउने घटना शुन्य गर्न नसकेपनि केही मात्रामा कम गराउन लागिपरेको घिमिरेले जानकारी दिए । समाजमा रहेको घटना कतिपय बाहिर नआएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले जिल्ला प्रहरी कार्यालय कास्कीले बालबालिकालाइ श्रममा लगाउने वा यौन शोषण गर्नेलाइ कार्वाही अघि बढेको सुनाए ।
केही समय अघि ३ संचालकलाइ कार्वाही गरेको सुनाउदै यस कार्यालाइ निरन्तर चलाउने बताए । साथै अन्य जुवातास लगायतका घटनामा पनि कडाइ गरिने जानकारी दिए ।
पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णु बहादुर ट्टराइले क्लब, डान्सबार, दोहोरी साझँ लगायतका क्षेत्रमा काम गर्ने महिलाले ५ देखी ७ हजार मात्र तलब पाउँने अवस्था रहेको सुनाए । पारिश्रमीक दिलाउन राज्यले भुमिका खेल्नुपर्ने बताए ।
पोखरा महानगरपालिका बाल बिकास अधिकृत विष्णुमाया पोख्रेलले संचालक र श्रमिक विच नियुक्ति पत्र वा सम्झौता पत्र दिने व्यवस्था अनिवार्य कार्यान्वयन गराउनुपर्ने बताइन् ।
राष्ट्रिय बाल अधिकार परिषदका बाल अधिकृत बद्रिप्रसाद वाग्लेले उद्दार गरेकालाइ राज्यले संरक्षण गर्नको लागि तयार रहेको सुनाए ।
वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले सामाजिक सुरक्षा कोषमा अनिवार्य गराएपछी पहिला भन्दा अहिले व्यवसायी सचेत भएको बताए । अहिले पनि बालश्रम रहिरहेको उनले सुनाए ।
कार्याक्रममा सामुदायिक प्रहरी सेवा संघ कास्कीका वरिष्ठ उपाध्यक्ष जानेन्द्र बजगाइ, अधिवक्ता कुञ्जनी परियार, सामुदायिक प्रहरी सेवा संघ कास्की अध्यक्ष भिम पराजुली, सहासचिव घनश्याम तिमिल्सिना लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-