पाेखरा । पोखरा १७ महतगौडास्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-१ कस्केरी बस्ने ४० वर्षीय मंगा तामाङको आइतबार राति मृत्यु भएको छ ।
माछा मार्ने क्रममा मंगा तामाङ र सोही ठाउँ बस्ने ४३ वर्षीय रक्से तामाङ डुबेर वेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल समेतको टोलीले खोजी गर्ने क्रममा मंगाको शव फेला परेको हो । रक्से तामाङको खोजी भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-