कास्की, पोखरा महानगरपालिका १९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका ८ घर भई पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग २१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-