काठमाडौं । बागलुङ, काठेखोला गाउँपालिका-२ भुडीखोलास्थित भिरमा सोही गाउँपालिका-२ सलम बस्ने ६२ वर्षीय ईन्द्र बहादुर थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै नाती ८ वर्षीय गौचरण चमार आफ्नै घर नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएकोले जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भोजपुर, षडानन्द नगरपालिका-३ खार्तम्छास्थित कुलोमा साल्पासिलिछो गाउँपालिका-२ कुलुङ बस्ने ३० वर्षीय हेमन्त राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ शेषनारायणस्थित मन्दिर परिसरमा हाल नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-