लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा देशको वित्तिय प्रणाली, धितोपत्र बजारको महत्व, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, लगानी गर्दा हुने फाइदाहरू, प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबार गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यएवं संघका पुर्वअध्यक्ष बाबुराम गिरीले राष्ट्र बैंक,धितोपत्रबोर्ड र जस्ता नियमनकारी निकायले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिलेको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताको सहकार्य आवश्यक रहेको बताए ।
यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरि बुढाथोकीले विगतदुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार छिट्टै आउन लागेको राष्ट्र बैङ्कको मौद्रीक निति पछि सुधार हुनेआशा व्यक्त गरेकाथिए । तर, यही कारणले धितो पत्रबजारमा ठूलो उछाल आउने सम्भावना भने नदेखिएको उनले बताए। पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँतमात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझावदिए।
उक्त अवसरमा नेपाल स्टक हाउस प्रालिका गोकुल रिमालले धितोपत्र बजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी दिनुकासाथै देशको वर्तमानआर्थिक परिदृश्यकाबारे चर्चा गरेकाथिए ।
संघका अध्यक्षविनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी‘राजले गरेकाथिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-