पोखरा । समाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिमखडाले पोखरामा १८ सराङकोटमा रहेको बाल गृहका बालकलाइ बाल सुधार गृहमा बस्ने निस्कदा समाजमा सदभाव फैलाउने भावना हुनुपर्ने बताएकी छन् ।
उनले बालगृहमा भएको २ दिन सम्म निशुल्क दन्त शिविरलाई उद्द्दाटन गर्दै समूहमा एकले अर्कोलाई माया गर्ने स्वभाव, सद्भाव फैलाउन अनुरोध गरिन् ।
आफुले जानेको ज्ञान सीप बालगृहमा बस्ने सबैलाइ सिकाउनपर्ने बताईन् । सामाजिक बिकास मन्त्रालय, नेलम्बो नेपाल, पोखरा महानगरपालिका १८को संयुक्त आयोजना भएको काक्रममा बाल गृहमा बस्नेले समाजमा सकरात्मक सन्देश फैलाउने योजना बनाएर अघि बढ्नुपर्ने बताएईन् । मन्त्री सिमखडाले जिवनमा केही गर्ने लक्ष राखेर अघि बढ्न अनुरोध गरिन ।
सामाजिक विकास मन्त्रालय सचिव डाक्टर बिनोद बिन्दु शर्माले औषधी उपचार मात्र नभई बालगृह सफा हुनुपर्ने बताए । खानेपानीको समस्या समाधान गर्नुपर्ने बताए । सफा भएमा धेरै रोगले आक्रमण गर्न नसक्ने उनले जानकारी दिए । बाल गृहमा भएकाले समाजमा उदहारण बन्नसक्ने छन् हौसला दिए ।
दात सफा गर्ने, दातको एक्सरे गर्ने, दात फुकाल्ने, दात भर्ने लगायतका काम दन्त शिविरमा गरिएको छ । ग्याजति टोल बिकास संस्था अध्यक्ष भरत थापा बाल गृहमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । बाल सुधार गृह प्रमुख अजय थापा यश अघि पनि विभिन्न सहयोग आएकोमा धन्यवाद व्यक्त गरे । यस बाल गृह नेपालको नै नमुना बन्ने सम्भावना रहेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मनत्रालयले बिस्तारा करिब २० सेट, किताब राख्ने दराज २ सेट, झुल, साबुन, दात माझ्ने ब्रस, मत्तजन करिब १ सय सेट सहयोग गरेको छ ।
उक्त बाल गृहमा १२ वर्षभन्दा माथी मात्र बालकालिकालाइ राख्ने गरिन्छ । हाल उक्त बालगृहमा ९९ जना बालक रहेका छन् । पोखरा महानगरपालिका १८ वडा सदस्य ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । बाल गृहमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-