पोखरा । कास्की जिल्ला बार एसोसिएशन नयाँ कार्यासमितिको अध्यक्षको लागी २ प्यानलबाट अध्यक्ष सहितको उम्मेदवारी दर्ता भएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
गण्तान्त्रिक प्रगतिशिल कानून व्यवसायी एसोसिएशनको तर्फबाट अधिवक्ता गोविन्द पौडेल, अधिवक्ता वेदनाथ भण्डारी, कोषध्यक्षमा अधिवक्ता विमल प्रसाद लामिछाने, सदस्यमा मुक्तिराम सुबेदी र कल्याणी अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपाल र नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले संयुक्त उम्मेदवारी दिएका छन् ।
संयुक्तको तर्फबाट अध्यक्षमा अधिवक्ता भगवती पहारी, उपाध्यक्षमा अधिवक्ता गिता आचार्य लम्साल, सचिवमा अधिवक्ता कृष्ण कुमार श्रेष्ठ, सह सचिवमा अधिवक्ता प्रिती पाण्डे, कोषाध्यक्षमा अधिवक्ता विनाका शर्माले उम्मेदवारी दर्ता गरेको छन् ।
सदस्यमा अधिवक्ता खगेन्द्र राज घिमिरे, शंकर सैजु, ईश्वर परियार, अनुप पौडेल, गणेश बहादुर आले, प्रदिप कुमार राना, पुरुषोत्तम राज घिमिरे, हेमराज अधिकारी र शान्ती कुमारी ढुङ्गाना उम्मेदवारी दर्ता गराएका छन् ।
अधिवक्ता प्रमोद आचार्यले सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कास्की जिल्ला बार एसोसिएशन नयाँ कार्यासमितिमा सहमतीय बार बन्ने संम्भावना कमजोर भएर गएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-