पोखरा । पाेखरा ९ पृथ्वी चाेकमा २ युवाले लुटे हेमजाकी गाेमा विकलाइ लुटेका छन् । लमजुङ बेशीशहर जान हिडेकी गोमा बिक पृथ्वीचोकमा दिउँदै लुटिएकी हुन ।

विकलाइ बस टिकट काट्न सहयाेग गर्ने बहानामा करिब ७ हजार रुपैयाँ र घाटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री चोरी अज्ञात २ युवाले लुटेका हुन् ।
काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बयान दिएकी छन् । लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै गर्दा लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भन्दै गाेमा सग नजिकिएका गाेमाले सुनाइन् ।
घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको बताइन् । पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-