काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अरू नौजना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
बुधबार दिउँसो करिब ३ बजेदेखि आगलागी भएको थियो । आगो राति ९ बजे मात्र पूर्ण रूपमा निभाइएको थियो । घाइतेमध्ये आठजनाको अवस्था स्थिर रहेको बताइएको छ ।
६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी सुरु भएको हो । बेसमेन्टभित्र रहेको शीत भन्डारको मर्मतका निम्ति कामदारले गैरकानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धानका क्रममा सुरक्षा अधिकारीले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् । सिन्ह्वारन्युज एजेन्सी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-