मगलबार यातायात व्यवस्था कार्यालय बन्दिपुर ४ बिमलनगर तनहुँमा मोटरसाईकलको प्रयोगात्मकमा नक्कली परीक्षार्थी पक्राउ परेकाे छन् ।

बर्ग A मोटरसाईकलको प्रयोगात्मक परिक्षा (TRIAL) मा जिल्ला तनहुँ भानु नगरपालिका ४ बस्ने बर्ष ३५ को सुरेश थापा मगरको नाममा जिल्ला तनहुँ भानु नगरपालिका ४ बस्ने बर्ष ३० को पुर्ण थापा मगर उपस्थित भई निज सुरेश थापा मगरको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परिक्षामा सहभागी भएको भेटीएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहन बहादुर खाणले जानकारी दिए ।
पुर्ण थापा मगरलाइ अनुसन्धानकाे लागी ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको खाणले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-