पोखरा। । पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ ।
सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तरगत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा महानगर पालिका वडा नं— ६ बैदाममा रहेका १७ वटा आमा समुहहरुको सहभागितामा बैदाम क्षेत्रको सत्रौ स्थान बाट एक साथ सुरु गरि सरसफाई अभियान थालिएको थियो । सफाई अभियानमा ८० बोरा नकुहिने पलास्टीक जन्य फोहोर संकलन गरिएको संस्थाका सचिब सुन्दरराज पहारीले जानकारी गराएका थिए ।
कार्यक्रममा सहकारीका सदस्यहरु सहित आमा समुहहरु गरि करिब १ सय ५० जनाको वृहत सहभागितामा उक्त फोहरा संकलन गरिको थियो । पोखरा महानगर पालिका फोहोर ब्यबस्थापन समिति सग समन्वय गरि उक्त पोखरालाई ब्यब्स्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले जानकारी दिए ।
सफाई अभियानको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नंं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईमा सबै संघसंस्था लाग्न पर्नेमा जोड दिए । उनले “हाम्रो पोखरा सफा बैदाम” भन्ने नारालाई सफल बनाउन स्थानिय सघ सस्थाहरु सग हातेमालो गर्दै महानगर पालिका अगाडी बढने प्रतिवद्धता ब्यक्त गरे ।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा ९ करोड ४० लाख शेयर पुजि रहेको छ । ४२ करोड रुपैया भन्दा माथि लगानि रहेको सहकारीमा तरलता प्रतिशत २५५ रहेको छ भने, खुला सदस्य निति अनुरुप हालसम्म ३ सय ७२ जना शेयर सदस्य रहेका छन ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-